Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न नागरिक लगानी कोषले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

अर्थ संसार

विहीबार, १२ साउन २०७९, १३ : १४ मा प्रकाशित

लाभांश पारित गर्न नागरिक लगानी कोषले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

नागरिक लगानी कोषले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । काेषकाे आज श्रावण १२ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २७औँ वार्षिक साधारण सभा भदौ ६ गते हुनेछ ।

सभामा काेषकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीका सेयरधनीहरूलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि श्रावण २५ गते, बुधबार बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले श्रावण २४ गते, मंगलबारसम्म नेप्सेमा काराेबार भई कायम भएका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको