Like us!
Follow us!
Connect us!
Watch us!

हात्तीगौँडामा साथीमार्टको नयाँ आउटलेट

अर्थ संसार

शुक्रबार, १३ साउन २०७९, १४ : ५१ मा प्रकाशित

हात्तीगौँडामा साथीमार्टको नयाँ आउटलेट

नेपालकै ठूलो रिटेल चेन साथीमार्टको १०६ औँ आउटलेट बुढानिलकण्ठ–७, हात्तीगौडामा सञ्चालनमा आउने भएको छ । अष्ट्रेलियाबाट फर्केका अनुप आलेले साउन १४ गतेदेखि उक्त फ्रेन्चाइज आउटलेट सञ्चालनमा ल्याउन लागेका हुन् । 

‘मार्ट सञ्चालन गर्दा कस्टमर सर्भिसलाई नै प्राथमिकता दिने छु । ग्राहकहरू स्टोरमा आएपछि आफुलाई आवश्यक सामाग्रीहरू एकै ठाउँमा पाउनुका साथै हरेक वस्तुको मूल्य निर्धारण गरिएको हुनाले विश्वस्त भई आफ्नो बजेटमा रहेर शपीङ गर्न सकिनेछ,’ अनुप भन्छन् ‘थुप्रै मार्केट रिर्सच गरेर कुन सेक्टरमा हात हाल्ने भनेर बुझ्दै जाँदा, बाहिर देशमा रिटेल व्यवसायमा मार्ट एकदमै फस्टाएको देखेर नेपालमा सोही सरहको मार्ट साथीमार्ट रहेछ देख्नुका साथै नेपाली मार्केटमा साथीमार्टको नयाँ व्यवसायीक पहल देखेर प्रभावित भई जोडिएको हुँ ।’

५७५ स्क्वायरफिटमा बनेको उक्त आउटलेटको उद्घाटन वडा अध्यक्ष वस नारायण महर्जनले गर्नेछन् । 

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

फ्रेन्चाइज स्टोरसँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा छिट्टै ठूला आउटलेट सञ्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।

एउटै लगानीमा खुद्रा व्यापार (आउटलेट), ई–कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको