Like us!
Follow us!
Connect us!
Watch us!

२५० बढी नेटवर्थ भएको धौलागिरी लघुवित्त : ४० प्रतिशत बढी लाभांश वितरणकाे क्षमता

अर्थ संसार

सोमबार, १६ साउन २०७९, १२ : ५१ मा प्रकाशित

२५० बढी नेटवर्थ भएको धौलागिरी लघुवित्त : ४० प्रतिशत बढी लाभांश वितरणकाे क्षमता

बागलुङ जिल्ला केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेडको साउन २४ गतेदेखी सार्वजनिक सेयर (IPO) निष्कासन हुने भएको छ ।

जसको बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमीटेड रहेको छ । हाल उक्त कम्पनीको चुक्ता पूँजी ७ करोड रूपैयाँ रहेकोमा सार्वजनिक सेयर निष्कासन पश्चात् १० करोड ३१ लाख पुग्नेछ । हाल ७ करोड पुँजी रहेको कम्पनीको अपरिष्कृत वित्तीय विवरण बमोजिम जगेडा तथा कोषमा रु ११ करोड रहेको छ । जसबाट प्रतिसेयर नेटवर्थ रु. २५७ रुपैयाँ हुन आउँछ ।

कम्पनीको सञ्चित नाफा नोक्सानी समेत ४.६ करोड भन्दा माथि रहेकोले सार्वजनिक सेयर निष्कासन पश्चात् समेत शेयरधनीहरुको लागी ४० प्रतिशत भन्दा बढी लाभांश वितरण गर्ने क्षमता रहेको वित्तीय विवरणले देखाउँछ ।

हाल राष्ट्रिय स्तरको उक्त लघुवित्त कम्पनीले ४४ वटा शाखा कार्यालयबाट सेवा विस्तार गर्दै आईरहेको छ । जसबाट करिब ३६ हजार ग्राहक सदस्यहरु मार्फत कुल १४४ करोड कर्जा विस्तार र ६८ करोड बचत संकलन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को अपरिस्कृत वित्तीय विवरण बमोजिम उक्त कम्पनीको पैसा प्रतिसेयर आम्दानी ३७ रूपैयाँ २५ पैसा रहेको छ । 

62e77bbf8daf8.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको