Like us!
Follow us!
Connect us!
Watch us!

गणपति लघुवित्तको अधिकांश सूचक नकारात्मक, खुद मुनाफा १ करोड ८६ लाखमा सिमित

अर्थ संसार

मंगलबार, १७ साउन २०७९, ०६ : ३९ मा प्रकाशित

गणपति लघुवित्तको अधिकांश सूचक नकारात्मक, खुद मुनाफा १ करोड ८६ लाखमा सिमित

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा संस्थाको मुनाफामा गिरावट छ ।  

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १ करोड ८६ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ५४.७५ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा संस्थाले ४ करोड ११ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ९.१७ प्रतिशतले घटेर १२ करोड ३ लाख ५० हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी १३ करोड २५ लाख ७ हजार रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा पनि ७०.५७ प्रतिशतले घटेर १ करोड ३९ लाख ५९ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ४ करोड ६९ लाख ५६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १५ करोड १५ लाख ४४ हजार रुपैयाँ र जगेडा कोषमा ४ करोड ७८ लाख ३३ हजार रुपैयाँ सञ्चित रहेको छ जुन अघिल्लो आर्थिक बर्षको तुलनामा करिब १३.६५ प्रतिशतले कम हो । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १२ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ५६ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको