Like us!
Follow us!
Connect us!
Watch us!

गणपति लघुवित्तले डाक्यो साधारण सभा, लगानीकर्तालाई छैन लाभांश

अर्थ संसार

सोमबार, ०८ फागुन २०७९, ०७ : ५४ मा प्रकाशित

गणपति लघुवित्तले डाक्यो साधारण सभा, लगानीकर्तालाई छैन लाभांश

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ऐजेन्डा पारित गर्न साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितीले गर्ने निर्णय अनुसार संस्थाको छैठौँ बार्षिक साधारणसभा चैत्र २५ गते ह्वाईट हाउस पार्टी प्यालेस दुलेगौँडा तनहुँमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

लघुवित्तकोले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ त्यसैले यो पटक सेयरधनीहरुको हात खालि हुनेछ । सभाले गत आर्थिक बर्षको नाफा नोक्सान तथा बार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक बर्षका लागि लेखापरिक्षक नियुक्तिको प्रस्ताव पारित गर्नेछ । 

लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ चैत्र १६ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले चैत्र १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको