Like us!
Follow us!
Connect us!
Watch us!

पाँचथर पावरले बिजुली बेचेरै कमायो ४० करोड, खुद मुनाफामा ३२८ प्रतिशतको उछाल

अर्थ संसार

मंगलबार, १७ साउन २०७९, ०७ : २० मा प्रकाशित

पाँचथर पावरले बिजुली बेचेरै कमायो ४० करोड, खुद मुनाफामा ३२८ प्रतिशतको उछाल

पाँचथर पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनी १६ करोड १० लाख ९१ हजार रुपैयाँ नाफामा कमाएको छ जुन अघिल्लो आर्थिक बर्षको सोहि अवधिको तुलनामा ३२८.६७ प्रतिशले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ३ करोड ७५ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले ४० करोड ३० लाख ६९ हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ यस्तो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा २६.४८ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३१ करोड ८६ लाख ६४ हजार रूपैयाँको बिजुली बेचेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष ११ करोड ६० लाख रुपैयाँ रहेको छ । चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १६.७४ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ५ पैसा पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको