Like us!
Follow us!
Connect us!
Watch us!

पाँचथर पावर कम्पनीको बिजुली बिक्रि आम्दानी १५ करोड, ईपिएस कति ?

अर्थ संसार

सोमबार, २१ कार्तिक २०७९, १० : ३१ मा प्रकाशित

पाँचथर पावर कम्पनीको बिजुली बिक्रि आम्दानी १५ करोड, ईपिएस कति ?

पाँचथर पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफामा गिरावट आएको छ ।

उक्त विवरण अनुसार पहिलो त्रैमाससम्ममा कम्पनी ८ करोड ६० लाख ६१ हजार रुपैयाँ कामाएको छ जुन गत आर्थिक बर्षको तुलनामा १६.५५ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १० करोड ३१ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले १५ करोड ७३ लाख ८१ हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ यस्तो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा २.६८ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १६ करोड २७ लाख ५१ हजार रूपैयाँको बिजुली बेचेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार २० करोड २९ लाख ९९ हजार रुपैयाँ रहेको छ । पहिलो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ८.९४ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ९ पैसा पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको