अर्थ संसार
काठमाडौं–माओवादी लडाकु सेनामा समायोजनका क्रममा अयोग्य घोषित भएर निकालिएकी मिरा राइले एकपछि अर्को सफलता चुम्दै गएकी छन् । अल्ट्रा धाविका राई नेशनल जियोग्राफीक च्यानलले हरेक बर्ष बितरण गर्ने एड्भेन्चर्स अफ द इयर अवार्डको मनोनयनमा परेकी छन् ।
नेशनल जियोग्राफीकको एड्भेन्चर्स अफ द इयर अवार्डको १२औं संस्करणका लागि राइसँगै विश्वभरबाट १० जना मनोनयमा परेका छन् । साहसी खेलसँग आवद्धहरु भएकाहरुमध्येबाट उनीहरु छानिएका हुन् । अवार्ड बिजेतको छनौट भने विश्वभरबाट आउने सर्वाधिक भोटको आधारमा गरिनेछ ।
मिरा गत बर्ष फ्रान्समा सम्पन्न ८० किलोमिटर म्याराथनमा प्रथम भएकी थिइन् । उनले पूर्व विश्वबिजेतालाई उछिनेकी थिइन् । मिराले उक्त दुरी १२ घन्टा ३२ मिनट १२ सेकेन्डमा दौड पूरा गरेर विजय हासिल गरेकी हुन् ।
उनले त्यसअघि हङकङमा ५० किलोमिटरको एशियन च्याम्पियनसिप, सन २०१४ मा नर्वेमा ५७ किलोमिटर र इटलीमा ८० किलोमिटरको अल्ट्रा म्याराथनमा च्याम्पियन बनेकी थिइन् ।
सन् २०१६ को सुरुमा इटलीमा भएको स्काइरनिङ अल्ट्रारेसमा दोस्रो स्थान हासिल गरेपछि उनको चर्चा चुलिएको थियो । उनी अल्ट्रारनरको विश्व बरियतामा दोस्रो स्थानमा छन् ।
साहसी खेलमा केभ ड्राइभर क्रिजिस्तोफ स्टारवान्स्की, कायकर स्मिथ ली, माउन्टेनर कोलिन हाले, ओसियन एडभोकेट शानन स्वीट्जर स्वानसन, प्याराग्लाइडर एन्टोनी जिरार्ड, पार्क प्रोटेस्टर पिटर म्याकब्राइड र केभिन फेडार्को, वाइल्डरनेस डिफेण्डर क्रिष्टिन म्याकडिभिट तोम्प्कीन र सेलेस्टियल सर्कुमनेभिगेटर होकुले र उनको टिम नेशनल जोग्राफीक अवार्डका लागि मनोनयनमा परेका छन् ।
भोजपुर घर भएकी २७ बर्षीय राई सेनामा अयोग्य बनेपछि विदेश जाने योजनामा थिइन् । कराते प्रशिक्षक ध्रुवबिक्रम मल्लको सम्पर्कमा पुगेकी मीराले आखिरमा मलेसियाको भिसा रद्ध गरी खेल क्षेत्रमा लाग्ने प्रण गरिन् । काठमाडौं वरपर शिवपुरी जंगलको ट्रेलबाट अल्ट्रा रनिङ सुरु गरेकी थिइन् ।
मिरालाई नेशलन जियोग्राफिकको आधिकारीक वेवसाइटमार्फत भोट दिन सकिनेछ । भोटिङ नोभेम्बर ३ देखि सुरु भइसकेको छ । आगामी डिसेम्बर १६ सम्म भोट गर्न सकिनेछ । बिजेताको घोषणा सन् २०१७ को जनवरीमा गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस