दोस्रोबजार कारोबार खुलेको केहि मिनटमै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।
नेप्सेको नियम उल्लंघन गरेको भन्दै नेप्सेले आईतबार र सोमबार दुई दिन कम्पनीको दोस्रो बजार कारोबार रोक्का गरेको थियो । मंगलबार कारोबार खुलेसंगै उक्त कम्पनीको सेयर मूल्य २३ रुपैयाँ १० पैसाले बढेर २ सय ५४ रुपैयाँ ९० पैसा पुगेको छ ।
त्यस्तै आज यो कम्पनीको सेयरको माग समेत सबैभन्दा बढि देखिएको छ भने बिक्रेता सुन्य छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस