Like us!
Follow us!
Connect us!
Watch us!

बेष्ट फाइनान्सको नाफामा १०२ प्रतिशतको छलाङ, ईपिएस २० रूपैयाँ

अर्थ संसार

बुधबार, १८ साउन २०७९, ०७ : ३५ मा प्रकाशित

बेष्ट फाइनान्सको नाफामा १०२ प्रतिशतको छलाङ, ईपिएस २० रूपैयाँ

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार फाइनान्सको नाफामा बृद्धि आएको छ । फाइनान्स सेक्टरको वित्तिय विवरण निकाल्नै यो पहिलो फाइनान्स कम्पनी हो ।  

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा फाइनान्सले १६ करोड ७२ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १०२.९५ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले ८ करोड ४८ लाख १८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म फाइनान्सको खुद व्याज आम्दानी पनि २१.८५ प्रतिशतले बढेर १२ करोड ६६ लाख ५३ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा फाइनान्सको खुद व्याज आम्दानी १० करोड ३९ लाख ३६ हजार रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा फाइनान्सको सञ्चालन मुनाफा पनि २० करोड ९४ लाख १४ हजार रूपैयाँ पुगेको छ । गत वर्ष फाइनान्सले १० करोड १२ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । फाइनान्सको सञ्चित नोक्सानी १९ करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ जुन गत बर्ष ३१ करोड ३५ लाख ३५ हजार रुपैयाँ थियो ।

त्यस्तै, फाइनान्सको चुक्ता पुँजी ८२ करोड ८९ लाख १३ हजार रुपैयाँ र जगेडा कोषमा ५६ करोड ८६ लाख २२ हजार रुपैयाँ सञ्चित रहेको छ । फाइनान्सको प्रतिसेयर आम्दानी (ईपीएस) ९ रुपैयाँ ९४ पैसाबाट बढेर २० रूपैयाँ १७ पैसामा पुगेको छ । फाइनान्सको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ २५ पैसा रहेको छ ।

(सच्च्याईएको)  

62e9d74228e09.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको