श्वेत-गंगा हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ९ गते,साउन ४ गतेदेखि साउन ८ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (साउन १८ गते, बुधबार) सम्पन्न भएकाे छ । उक्त आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटल लिमिटेडकाे कार्यालय, नक्साल, काठमाडाैँमा अहिले बिहान ९ः३० बजे सम्पन्न भएकाे हाे ।
मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिएकाे थियाे । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी २ लाख ७० हजार २ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने बाँकी भाग्यमानी ५ जनाले ११ कित्ता सेयर पाउनेछन्।
अन्तिम दिन सम्ममा १६ लाख ३ हजार ७ सय ७२ जना लगानीकर्ताहरूले १ अर्ब ८२ करोड ३९ लाख २७ हजार रूपैयाँ बराबरको १ करोड ८२ लाख ३९ हजार २ सय ७० कित्ताका लागि आवेदन परेको थियो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २२ लाख ७० हजार २५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
कसरी हेर्ने रिजल्ट ?
आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीकाे आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटल लिमिटेडकाे वेभसाइट, श्वेत-गंगा हाइड्रोपावर कम्पनी लिमिटेडकाे वेभसाइट र मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस