Like us!
Follow us!
Connect us!
Watch us!

श्वेत-गंगा हाइड्रोपावरको आईपिओ बाँडफाँड बुधबार, कति जनाले पाँउछन् सेयर ?

अर्थ संसार

मंगलबार, १७ साउन २०७९, १९ : २७ मा प्रकाशित

श्वेत-गंगा हाइड्रोपावरको आईपिओ बाँडफाँड बुधबार, कति जनाले पाँउछन् सेयर ?

श्वेत-गंगा हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ४ गतेदेखि साउन ८ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड भोलि (साउन १७ गते, बुधबार) हुने भएको छ ।

उक्त आईपीओको बाँडफाँड भोलि बिहान ९ बजे, निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालय, नक्साल, काठमाडौँमा हुनेछ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २२ लाख ७० हजार २५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

अन्तिम दिन सम्ममा १६ लाख ३ हजार ७ सय ७२ जना लगानीकर्ताहरूले १ अर्ब ८२ करोड ३९ लाख २७ हजार रूपैयाँ बराबरको १ करोड ८२ लाख ३९ हजार २ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । आवेदन दिने मध्य २ लाख ७० हजार २ जनाले ५ कित्ताका दरले सेयर पाउनेछन् भने बाँकी भाग्यमानी ५ जनाले थप ११ कित्ता सेयर पाउनेछन्। 

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको