Like us!
Follow us!
Connect us!
Watch us!

श्वेत-गंगा हाइड्रोपावरको आईपिओ नेप्सेमा सूचिकृत, कतिमा खुल्छ कारोबार ?

नेप्से

मंगलबार, ३१ साउन २०७९, १७ : ४२ मा प्रकाशित

श्वेत-गंगा हाइड्रोपावरको आईपिओ नेप्सेमा सूचिकृत, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा श्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ ।

स्टकका अनुसार कम्पनीको १ करोड ५९ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ८९.८८ रूपैयाँदेखि अधिकतम २६९.६४ रूपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ ।

त्यस्तै, कम्पनीले दोश्रो बजारमा कारोबारका लागि SGHC ​​ सिम्बोल प्राप्त गरेको छ । 

कारोबार भएको दोस्रो दिनमा कारोबार खुल्ने नियम बमोजिम यो कम्पनीको भोलि अर्थात बुधबार प्रि-सेसनबाट दोस्रो बजार कारोबार खुल्ने छ । 

62fb86ad96bbc.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको