Like us!
Follow us!
Connect us!
Watch us!

सामन्था रुथसँग अलग्गिएपछि शोभितासँग डेटमा नागा चैतन्य

अर्थ संसार

बुधबार, १८ साउन २०७९, ११ : ५८ मा प्रकाशित

सामन्था रुथसँग अलग्गिएपछि शोभितासँग डेटमा नागा चैतन्य

साउथ स्टार नागा चैतन्य आफ्नो फिल्मभन्दा बढी व्यक्तिगत जीवनका कारण चर्चामा आउँछन् ।

गत वर्षको अक्टोबरमा नागा र उनकी अभिनेत्री सामन्था रुथ प्रभु अलग्गिएका थिए । सामन्थासँग अलग्गिएपछि नागा अहिले अभिनेत्री शोभिता धूलीपालासँग डेट गरिरहेका छन् । हालैको एक अन्तर्वार्तामा उनले शोभिातसँग डेटलाई पुष्टि गरेका छन् ।

उनी अभिनित फिल्म ‘लाल सिंह चड्डा’को अन्तर्वार्ताका क्रममा शोभितासँगको सम्बन्धलाई लिएर सोधिएको प्रश्नमा उनले मुस्कुराएर डेटमा रहेको पुष्टि गरेका हुन् । एक महिनाअघि नागा र शोभिता एकसाथ कारमा भेटिएका थिए ।

नागाले अन्तर्वार्तामा आफ्नो ‘क्रश’ अभिनेत्री कैटरिना कैफ रहेकोसमेत खुलाएका छन् । उनले कैटरिनाको करियरको सुरुवातदेखि अहिलेसम्म आफूले नजिकबाट नियालिरहेकोले उनी आफ्नो ‘क्रश’को भएको दाबी गरेका छन् ।

आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’मा नागा र आमिरसँगै करिना कपूर, मानव विज र मोना सिंहको अभिनय छ । यो फिल्म सन् १९९४ मा रिलिज ओस्कार विजेता हलिउड फिल्म ‘फरेस्ट गम्प’को अफिसियल हिन्दी रिमेक हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको