Like us!
Follow us!
Connect us!
Watch us!

इन्जिनमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

अर्थ संसार

विहीबार, १९ साउन २०७९, ११ : २५ मा प्रकाशित

इन्जिनमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलान्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिए । 

उनका अनुसार सो विमानमा चालक दलका सदस्यसहित ७९ जना सवार थिए ।

बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको सो विमानको बायाँ इन्जिनमा धुवाँ देखिएपछि ९ बजेर ५६ मिनेटमै नेपालगञ्ज विमानस्थलमै आकस्मिक अवतरण गराइएको इन्चार्ज चौधरीले जानकारी दिए । 

उनका अनुसार चालक दलका सदस्यसहित सबै यात्रु सकुशल रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको