Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब २१ करोड, ईपिएस कति ?

अर्थ संसार

शुक्रबार, २० साउन २०७९, ०५ : ५० मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब २१ करोड, ईपिएस कति ?

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफामा बृद्धि आएको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३७.३८ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ७९ करोड ५४ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी १७.२९ प्रतिशतले बढेर ९ अर्ब ६६ करोड ९२ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ८ अर्ब २४ करोड ३९ लाख रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा ३७.६७ प्रतिशतले बढेर ७ अर्ब १ करोड ८४ लाख २ हजार रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ५ अर्ब ९ करोड ८१ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३ करोड २३ लाख रुपैयाँ रहेको छ जुन गत बर्षको तुलनामा ३२.९५ प्रतिशतले कम हो ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १४ अर्ब ९४ करोड ३ लाख रुपैयाँ र जगेडा कोषमा १८ अर्ब ५४ करोड २९ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएसं) ३७ रुपैयाँ २७ पैसाबाट घटेर ३४ रूपैयाँ ९० पैसामा पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको