Like us!
Follow us!
Connect us!
Watch us!

पूँजीबजार लगानीकर्ताको एउटै महासंघ बनाउने बिच आरोप–प्रत्यारोप

लोकेन्द्र ढकाल

आइतबार, २२ साउन २०७९, २० : ४९ मा प्रकाशित

पूँजीबजार लगानीकर्ताको एउटै महासंघ बनाउने बिच आरोप–प्रत्यारोप

पूँजीबजारको विकास र विस्तारको लागि भन्दै सबै संघ, संगठनलाई मिलाएर एउटै महासंघ बनाउन एकता समिति बनेको छ । १९ बँुदे माघ राखी आन्दोलनको अगुवाई गर्दै आएका पूँजीबजारका अभियन्ता तिलक कोइरालाको संयोजकत्वमा १०१ सदस्यीय शेयर लगानीकर्ता एकता समिति गठन भएको हो । काठमाण्डौंमा शुक्रवार सम्पन्न भेलाले ३५ सदस्यीय सचिवालय  सदस्य समिति पनि गठन गरेको छ । उक्त समितिले मंगलवार दिउँसो २ बजे नेपाल धितोपत्र बोर्डमा (सेबोन) का अध्यक्ष रमेश हमाललाई  १९ बुँदे सहमति कार्यान्वयनको अवस्था र पूँजीबजार सुधारका बाँकी कामहरु तत्काल पुरा गराउन ध्यानाकर्षण गराउन जान लागेको नवगठित एकता समितिका संयोजक तिलक कोइरालाले जानकारी दिए । उनले मंगलवारै वेलुका अर्को भेला बसेर परामर्स समिति र जनपरिचालन समिति बनाएर अघि बढ्ने बताए ।

अहिले पूँजीबजारको नाममा करिव एक दर्जन संघ, संगठन छन् । तर, शुक्रवार सम्पन्न एकता भेलामा भने सबै संघ, संगठनको सहभागिता भने थिएन । उक्त भेलामा आधिकारीक रुपमा एक, दूईवटा बाहेक अन्य संघ, संगठनले बहिस्कार गरे । भेलाको सन्दर्भमा विभिन्न संघ, संगठनले एक आपसमा आरोप– प्रत्यारोप लगाएका छन् ।  भेलाको संयोजन गरेका तिलक कोइरालाले हामीले सबै लगानीकर्ताको एउटै संघ या महासंघ बनाउने उदेश्यले सबैलाई सूचना गरि भेला आयोजना गरेका थियौ, सबै एकजुट भइयो भने सरकार तथा नियामक निकायले पनि हाम्रो आवाज सुन्छ, दवाब दिन सजिलो हु्न्छ भन्ने उदेश्य हो तर भ्यागुतालाई टिपेर धार्नी पु¥याउन नसकिँदो रहेछ, उहाँहरु आउनु भएन, यहाँ सबैका स्वार्थ बाझिएका छन्, निहीत स्वार्थले समितिहरु खोलिएका छन् भन्दै सहभागि नभएका संघ, संगठनप्रति कठाक्ष गरे । 

उता, भेलामा विसञ्चोका कारण सहभागि नभएको भन्दै नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले अर्थ संसारसँग कुरा गर्दै भनिन, ‘म अध्यक्ष भएको संघको देशव्यापी संघहरु बनेका छन्, पूँजीबजार लगानीकर्ता संघ आफैमा एउटा महासंघ हो, यो बजारै फरक फरक स्वार्थले चल्ने बजार हो, किन्ने र बेच्नेको स्वार्थ नमिल्ने भएकाले पूँजीबजारमा सबको एकमत र एउटै धारणा बन्न गाह्रो हुने बताइन् ।’ उनले अहिले महासंघ बनाउने भनेर लागेकाहरु पनि निहीत स्वार्थवाट अछुतो नरहेको आरोप समेत लगाइन् ।

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले आफु भेला हुँदा विदेश भएकाले अपडेट नरहेकोले मलाई केहि नसोध्न भन्दै उम्किए । उनको संगठनको पनि भेलामा सहभागिता थिएन ।त्यसैगरि स्वतन्त्र पूँजीबजार सुधार संघका अध्यक्ष सुशिल लुनियाँले पनि भेला निहीत स्वार्थका मान्छेले आफ्नो अभिष्ट पुरा गर्न आयोजना गरेको आरोप लगाए । उनले महासंघ बनाउन कम्तिमा ६ वटा दर्तावाल संघ चाहिन्छ भन्दै लुनियाँले अहिले हाम्रो र बाँकी ३ वटा गरि ४ वटा संघ दर्तावाल छन्, पहिला ६ वटा दर्तावाल संघ पु-याउनु प¥यो अनि सबै संघहरुसँग छलफल गरेर भेला आयोजना गर्दा सबैको अपनत्व पनि हुने र सार्थकता पनि पाँउने बताए । 

अर्का शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालसँग सम्पर्क हुन सकेन । उनी पनि भेलामा सहभागि थिएनन् । लगानीकर्ता तथा अभियानका अगुवा यस. पी चौलगाँइले ५२ लाख लगानीकर्ताका नेता भन्दै संगठनको नाम बेचेर अनुकूल स्वार्थसिद्व गर्दै सेलिब्रेटी बन्दै फेसबुक र मिडियामा छाउँनेहरु सहभागि नभएर अभियान नरोकिने बताए ।

यसैविच पाका लगानीकर्ता प्रकाश पन्तले सबै मिलेर महासंघ बनाउने कुरा आफुले पहिला देखि भन्दै आएको बताए । अर्का अग्रज लगानीकर्ता उपेन्द्र पाठकले महासंघ बनाउन विधान थाहा नहुनेले महासंघ बनाउँछु भन्दै हिड्नु हाँसो लाग्दो कुरा भएको बताए । लगानीकर्ता ज्वाला गौतमले जति संघ, संगठन खुलेका छन् यिनीहरु सबै इन्साइडर  लिनका लागि खुलेको आरोप लगाए । अर्का लगानीकर्ता विबेक रिमाल महासंघ बने सबैको अपनत्व समिटिने भएकाले गर्वको कुरो हुने बताउँछन् । रिमालले अन्य सबै संघ संस्थाको महासंघ बन्नसक्छ भने पूँजीबजार लगानीकर्ताको किन बन्न नसक्ने भन्दै प्रश्न गरे ।

उक्त भेलामा तिलक कोइराला, सुवासचन्द्र भट्टराई, मुक्ति अर्याल, रोहन कार्की, एस पी चम्लागाइ लगाएतका मात्र सहभागिता रहेको एक लगानीकर्ताले अर्थ संसारलाई बताए ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको