Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाइड्रोपावरले डाक्यो  विशेष साधारणसभा, के-के छन् प्रस्तावहरु ?

अर्थ संसार

मंगलबार, २४ साउन २०७९, ०७ : ५३ मा प्रकाशित

नेशनल हाइड्रोपावरले डाक्यो  विशेष साधारणसभा, के-के छन् प्रस्तावहरु ?

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको हिजो (साउन २३ गते, सोमबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको विशेष साधारण सभा भाद्र १० गते, शुक्रबार डेलिस ओपेरा रेष्ट्रो बालुवाटार काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभाले बोनस सेयर र सुनकोशी हाइड्रोपावरलाई प्राप्ती पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्नेछ । हकप्रद र सुनकोशी हाइड्रोपावरलाई प्राप्ती पश्चात कम्पनीको पूँजी बृद्धि हुने हुनाले कम्पनीको प्रबन्धपत्र संसोधको प्रस्ताव समेत सभाले पारित गर्ने छ । 

त्यसैगरी, कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि भाद्र २ गते बुकक्लोज गर्ने भएको छ । त्यसैले, भाद्र १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62f1c21d7a29b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको