Like us!
Follow us!
Connect us!
Watch us!

फेक आईडीबाट सेयर बजारबारे जथाभावी लेख्नेलाई नियन्त्रण गर्ने तयारीमा धितोपत्र बोर्ड

अर्थ संसार

मंगलबार, २४ साउन २०७९, १५ : ४८ मा प्रकाशित

फेक आईडीबाट सेयर बजारबारे जथाभावी लेख्नेलाई नियन्त्रण गर्ने तयारीमा धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्डले सेयर बजारको संबेदनशिलता ख्याल नगरी नक्कली नामबाट सामाजिक संजालमा सेयर बजारबारे जथाभावी लेख्नेलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको छ । 

बोर्डले उच्च सरकारी अधिकारी र कानून कार्यान्वयन निकायहरुसँग छलफल गरी सेयर बजारलाई प्रभावित पार्न नक्कली नामबाट हुने गतिविधि नियन्त्रणको प्रयास थालेको हो । बोर्डले सेयर बजारलाई प्रभावित पार्न सामाजिक संजालमा खोलिएका नक्कली, क्लव हाउस र युट्युव च्यानलहरुको सूची तयार गरी सम्बन्धित निकायहरुसँग समन्वयको प्रयास गरेको छ । 

स्रोतका अनुसार बोर्डले नक्कली नामबाट सर्बसाधारणलाई भ्रमित पार्ने, कुनै सेयर किन्न वा बेच्न उक्साउने र अवांन्छित कृयाकलाप गर्नेहरुलाई निरुत्साहित पार्न कानूनी प्रबन्ध समेत गर्दैछ । यस बिषयमा उच्च सरकारी अधिकारीहरू र बोर्डका पदाधिकारीहरुबीच लामो छलफल भएको स्रोतको भनाई छ । 

केही अनलाईनहरुले बोर्डले असल नियतले शुरु गरेको कामलाई बाधा सिर्जना गर्न बोर्डका पदाधिकारीलाई लांक्षित गरी कपोलकल्पित समाचार प्रवाह गरेको प्रेस काउन्सिलको ध्यानाकर्षण गराईसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको