Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपतिसहित पाँच विशिष्ट पदाधिकारीको तलब बढ्ने, कसको कति ?

पत्रपत्रिका

बुधबार, २५ साउन २०७९, ०६ : ०० मा प्रकाशित

राष्ट्रपतिसहित पाँच विशिष्ट पदाधिकारीको तलब बढ्ने, कसको कति ?

सरकारले राष्ट्रपतिसहित पाँच विशिष्ट पदाधिकारीको तलब, सुविधा वृद्धि गर्न लागेको छ ।

प्रधानमन्त्री कार्यालयका तत्कालिन सचिव लक्षमण अर्याल संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संघीय प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको तलब बढाउन प्रस्ताव गरिएको छ । 

प्रतिवेदन अनुसार राष्ट्रपतिको तलब दुई लाख पचास हजार, उपराष्ट्रपतिको एक लाख ५० हजार, प्रधानमन्त्रीको एक लाख १० हजार, सभामुखको ९५ हजार र राष्ट्रियसभाका अध्यक्षको ९५ हजार कायम गर्न उपयुक्त हुने प्रस्ताव गरिएको छ । नागरिक दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको