सरकारले सङ्घीय संसद्को चालु हिउँदे अधिवेशन चैत १९ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उक्त सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन्।
संविधानअनुसार राष्ट्रपतिले सङ्घीय संसद्को कुनै एक वा दुवै सदनको अधिवेशन आह्वान वा अन्त्य गर्ने अधिकार राख्छन्। चालु अधिवेशन, जुन विधेयक अधिवेशनका रूपमा रहेको थियो, गत माघ १८ गतेदेखि सुरु भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस