Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लघुवित्तको नाफा ५७ करोड ४० लाख, ईपिएस कति ?

अर्थ संसार

बुधबार, २५ साउन २०७९, ०६ : ५९ मा प्रकाशित

डिप्रोक्स लघुवित्तको नाफा ५७ करोड ४० लाख, ईपिएस कति ?

डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा संस्थाको मुनाफामा गिरावट आएको छ ।  

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ५७ करोड ४० लाख २२ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १२.११ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा संस्थाले ६५ करोड ३१ लाख ८७ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी भने ३.४५ प्रतिशतले बढेर १ अर्ब ३८ करोड ५३ लाख १८ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले १ अर्ब ३३ करोड ९० लाख ९३ हजार रूपैयाँ ब्याज आम्दानी गरेको थियो । 

चौथो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा घटेर ८१ करोड ९९ लाख ३८ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ९९ करोड १७ लाख ४१ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । गत आर्थिक बर्षमा संस्थाको वितरणेग्य मुनाफा ४१ करोड ७२ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ र जगेडा कोषमा ९२ करोड ६१ लाख ७७ हजार रुपैयाँ सञ्चित रहेको छ संस्थाको खराब कर्जा (एनपिएल) बढेर १.०३ प्रतिशत पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ४१ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ २२२ रुपैयाँ ६६ पैसा रहेको छ ।

संस्थाले प्रकाशन गरेको वित्तिय विवरणः

62f306cdb35f4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको