Like us!
Follow us!
Connect us!
Watch us!

६१ प्रतिशतले बढ्यो बोटलर्स नेपाल(तराई) को नाफा, प्रतिसेयर आम्दानी ५६५ रुपैयाँ

अर्थ संसार

सोमबार, ३० साउन २०७९, ०८ : ४१ मा प्रकाशित

६१ प्रतिशतले बढ्यो बोटलर्स नेपाल(तराई) को नाफा, प्रतिसेयर आम्दानी ५६५ रुपैयाँ

बोटलर्स नेपाल (तराई) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको नाफामा बृद्धि भएको देखिन्छ ।

पहिलो त्रैमाससम्ममा कम्पनीले ६८ करोड ३१ लाख ६ हजार रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको देखिन्छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ६१.२१ प्रतिशतले बढि हो । गत बर्ष यसै अवधिमा कम्पनीले ४२ करोड ३७ लाख २४ हजार रुपैयाँ कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको बिक्रि आम्दानी पनि बढेको छ । समिक्षा अवधिमा कम्पनीले ९ अर्ब २२ करोड ६३ लाख रुपैयाँ बजारको बस्तु बिक्रि गरेको छ जुन अघिल्लो आर्थिक बर्षमा ६ अर्ब २७ करोड रुपैयाँमा सिमित थियो । 

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ पनि बढेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी बार्षिकृत ५६५ रुपैयाँ पुगेको छ जुन गत आर्थिक बर्षमा ३ सय ५० रुपैयाँमा सिमित थियो । त्यस्तै यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २७.८९ रुपैयाँ र मूल्य आम्दानी अनुपात(पिई रेसियो) २३ गुणा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

62f9b669d8fab.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको