Like us!
Follow us!
Connect us!
Watch us!

१३ नम्बर ब्रोकर धितोपत्र बोर्डको कारबाहीमा !

अर्थ संसार

सोमबार, ३० साउन २०७९, १४ : ५० मा प्रकाशित

१३ नम्बर ब्रोकर धितोपत्र बोर्डको कारबाहीमा !

नेपालको सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी थ्राईभ ब्रोकरेज हाउस प्रा. लिलाई कारबाही गरेको छ । बोर्डको अनुमति नलिई शाखा सञ्चालन गरेको भन्दै ब्रोकरलाई बोर्डले कारबाही गरेको हो । 

बोर्डले ब्रोकरले धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम पचास हजार रुपैयाँ जरिवाना गरेको छ ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४० को उपनियम (१) मा “धितोपत्र दलाल र धितोपत्र व्यापारीले बोर्डको स्वीकृति लिई शाखा कार्यालय खोल्न सक्नेछ” भन्ने व्यवस्था रहेको । धितोपत्र दलाल व्यवसायी थ्राईभ ब्रोकरेज हाउस प्रा. लि.ले नियमावलीको उक्त व्यवस्था अनुरुप शाखा कार्यालय खोल्न बोर्डबाट स्वीकृति नलिई तनहुँ जिल्ला स्थित व्यास नगरपालिका वडा नं. २, दमौलीमा शाखा कार्यालय स्थापना गरेको देखिएकोले उक्त धितोपत्र दलाल व्यवसायीलाई सो जरिवाना गरिएको बोर्डले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको