Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति भण्डारी अन्नपूर्ण केबुलकार चढेर सराङकोट

अर्थ संसार

मंगलबार, ३१ साउन २०७९, ०७ : ५४ मा प्रकाशित

राष्ट्रपति भण्डारी अन्नपूर्ण केबुलकार चढेर सराङकोट

पोखरा आउनुभएकी  राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको सेदीमा रहेको अन्नपूण केबलकार चढि सोमबार साँझ  सराङकोटसम्म यात्रा गर्नुृभएको छ। सोमबार साझ केबलकारबाट सराङकोट पुग्नुभएकी   राष्ट्रपति भण्डारी केबलकारबाटै सेदी फर्किएकी हुन् । 

पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको केवलकार गतवर्ष चैत्र १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । सहासिक पर्यटनका गतिविधि गर्न तथा सूर्योदय, सूर्यास्तसँगै हिमशृङखला र पोखराका मनोरम दृश्य नियाल्नका लागि प्रख्यात सराङकोटलाई फेवाताल किनारबाट जोड्ने गरी केवलकार सञ्चालन  भएको हो ।

केवलकारको माथिल्लो स्टेसनमा भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेष्टुरेन्ट, कफी सप, जिप लाइन, स्काइ साइक्लिङ र स्वीङ संचालनमा छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको