Like us!
Follow us!
Connect us!
Watch us!

मैलुङ खोला जलबिद्युतको नाफा ३९ प्रतिशतले घट्यो, अन्य अवस्था कस्तो ?

अर्थ संसार

मंगलबार, ३१ साउन २०७९, १० : ४० मा प्रकाशित

मैलुङ खोला जलबिद्युतको नाफा ३९ प्रतिशतले घट्यो, अन्य अवस्था कस्तो ?

मैलुङ खोला जलबिद्युत कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनी १ करोड ६६ लाख ७ हजार रुपैयाँ नाफा कमाएको छ जुन अघिल्लो आर्थिक बर्षको तुलनामा ३९.६६ प्रतिशत कम हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी २ करोड ७५ लाख २५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले ११ करोड ४५ लाख ६३ हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ यस्तो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ९.२० प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १२ करोड ६१ लाख ७२ हजार रूपैयाँको बिजुली बेचेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिटेन अर्निङको आकार २ करोड ४ लाख २० हजार रुपैयाँ रहेको छ । चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ४.५१ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ५५ पैसा पुगेको छ । 

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

62fb240cbef49.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको