Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदय वोमी लघुवित्तको ५६ हजार बढि कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, २८ असार २०८३, १० : २० मा प्रकाशित

सूर्योदय वोमी लघुवित्तको ५६ हजार बढि कित्ता संस्थापक सेयर बिक्रीमा

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले सूचना जारी गर्दै एक जना संस्थापक सेयरधनी किशोरी थापाको नाममा रहेको ५६ हजार ४३५ कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयरमा कम्पनीका हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने जनाइएको छ । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको मितिले ३५ दिन भित्र आवेदन दिनु पर्ने छ । इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात प्रमाण संलग्न गरी वित्तीय संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी –०४, ललितपुर वा सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१, नागपोखरी नक्सालमा आफूले खरिद गर्ने सेयर कित्ता संख्याको व्यहोरा खुलाई निवेदन दिनु पर्ने कम्पनीले जनाएको छ ।

तोकिएको म्याद भित्र हाल कायम संस्थापक सेयरधनीहरुबाट निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार संस्थापक सेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्रीका लागि आवश्यक कारवाही अघि बढाइने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको