Like us!
Follow us!
Connect us!
Watch us!

७६ प्रतिशतले घट्यो युनाईटेड मोदि हाइड्रोपावरको मुनाफा, ईपिएस कति ?

अर्थ संसार

मंगलबार, ३१ साउन २०७९, १० : ५३ मा प्रकाशित

७६ प्रतिशतले घट्यो युनाईटेड मोदि हाइड्रोपावरको मुनाफा, ईपिएस कति ?

युनाईटेड मोदि हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनी १ करोड ४७ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको छ जुन अघिल्लो आर्थिक बर्षको तुलनामा ७६.९२ प्रतिशत कम हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ६ करोड ४० लाख २७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले २५ करोड ३९ लाख ६० हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ यस्तो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ११.९२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २८ करोड ८३ लाख २९ हजार रूपैयाँको बिजुली बेचेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड हजार रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार ९ करोड १८ लाख २२ हजार रुपैयाँ रहेको छ । चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १.२८ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ९८ पैसा पुगेको छ । 

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

62fb26ad6a21d.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको