Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकले २६ लाख २४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने

अर्थ संसार

मंगलबार, ३१ साउन २०७९, १२ : २६ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकले २६ लाख २४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने

नारायणी डेभलपमेन्ट बैंक शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । 

बैंकले १ः१ को अनुपातमा आफ्ना सेयरधनीहरूलाई २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

चितवन जिल्लाको रत्ननगर नगरपालिका, टाँडी, बकुलरमा केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘ख’ वर्गको १–३ जिल्लास्तर (नवलपरासी, चितवन र मकवानपुर) कार्यक्षेत्र रहेको यस डेभलपमेन्ट बैंकको अधिकृत पुँजी ५३ करोड र जारी पुँजी २६ करोड २४ लाख ६७ हजार ६ सय छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको