Like us!
Follow us!
Connect us!
Watch us!

डाटा साइन्सको ‘एक्सक्लुसिभ’ स्नातक तहको अध्यापन सनवे कलेजमा

अर्थ संसार

मंगलबार, ३१ साउन २०७९, १६ : १९ मा प्रकाशित

डाटा साइन्सको ‘एक्सक्लुसिभ’ स्नातक तहको अध्यापन सनवे कलेजमा

सनवे कलजेले बेलायतको युनिभर्सिटीको सम्वन्धनमा नेपालमै पहिलो पटक डाटा साइन्स विषयमा ४ वर्षे स्नातक तहको अध्यापन गराउने भएको कलेजका एकेडेमीक डाइरेक्टर प्रमोद पौडेलले जानकारी दिए ।

‘औपचारिक रूपमा बेलायतको बर्मिंगह्याम सिटी विश्वविद्यालयसँग शैक्षिक सहकार्य गरेसँगै ४ वर्षकै लागि स्पेसिफिक डाटा साइन्स विषय पढाउन सुरु गरेका हौँ,’ प्रमोद भन्छन् ‘पछिल्लो समय नेपाल लगायत विश्वभर डाटा साइन्स प्रति विद्यार्थीको आकर्षण बढेको र यसैलाई मध्यनजर गर्दै यो विषयलाई प्राथमिकतामा राखेर अध्यापन सुरु गरेका हौँ ।’

उनका अनुसार, बेलायतमा आधारित रहेको डिग्रीले इन्डस्ट्रीको माग अनुसारको विद्यार्थी उत्पादन गर्नेछ । विश्वविद्यालयसँगको सहकार्यमा कलेजले छिट्टै बीए (अनर्स) इन मार्केटिङ विथ डिजिटल कम्युनिकेसन, स्नातक तहमा डिजिटल मार्केटिङ र बिएससी (अनर्स) कम्प्युटर एण्ड डाटा साइन्स कोर्ष सार्वजनिक गर्ने प्रमोदले जानकारी दिए ।

यसअघि विभिन्न कलेजमा विभिन्न कोर्ष अन्तर्गत डाटा साइन्सको सिमित अंकको पढाइ हुने गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको