Like us!
Follow us!
Connect us!
Watch us!

सोल्टी होटलको आम्दानीमा २०२ प्रतिशतको उछाल, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

शुक्रबार, ०३ भदौ २०७९, ०७ : ३० मा प्रकाशित

सोल्टी होटलको आम्दानीमा २०२ प्रतिशतको उछाल, प्रतिसेयर आम्दानी कति ?

सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफामा व्यापक सुधार देखिएको छ । 

चौथो त्रैमाससम्म आइपुग्दा कम्पनी ३० करोड १६ लाख ३१ हजार रुपैयाँ कमाएको छ । तर गत आर्थिक वर्षको यसै अवधिको कम्पनी २२ करोड ४९ लाख ३३ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको थियो । 

समिक्षा अवधिसम्ममा कम्पनीको जम्मा आम्दानी २०२ प्रतिशतले बढेको छ । गत बर्षको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा ४५ करोड ३९ लाख २६ हजार रुपैयाँ मात्र रहेकोमा अहिले त्यो बढेर १ अर्ब ३७ करोड १५ लाख ९६ हजार रुपैयाँ पुगेको छ । 

यसैगरी, समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीले चुक्ता पूँजी ८४ करोड २५ लाख रुपैयाँ रहेको छ भने कम्पनीको रिजर्भको आकार बढेर ८९ करोड १२ लाख ९५ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, कम्पनीको खुद मुनाफामा बृद्धि आएसंगै प्रतिशेयर आम्दानी पनि सुधार देखिएको छ । गत बर्ष २.६७ रुपैयाँ ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर आम्दानी यो अवधिमा बढेर ३.५८ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २० रुपैयाँ ५८ पैसा रहेको छ । 

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

62feeb7a87848.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको