Like us!
Follow us!
Connect us!
Watch us!

सोल्टी होटलकाे वित्तीय चिरफार : नाफामा चमक, अन्य सूचकमा पनि आकर्षक सुधार

अर्थ संसार

विहीबार, ३२ साउन २०८०, ११ : ४० मा प्रकाशित

सोल्टी होटलकाे वित्तीय चिरफार : नाफामा चमक, अन्य सूचकमा पनि आकर्षक सुधार

सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

नाफा

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा कम्पनीले ५४ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम अघिल्लाे वर्षकाे तुलनामा ८३.४० प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले २९ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

व्यवसायबाट आम्दानी

चाैथाे त्रैमाससम्म कम्पनीले व्यवसायबाट कुल २ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको तुलनामा ६४.२७% ले धेरै हो । अघिल्लो वर्ष होटलले १ अर्ब ३६ करोड रुपैयाँ आम्दानी गरेको थियो । 

सञ्चालन नाफा

समिक्षा अवधिमा कम्पनीले ६८ करोड ४० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ ।  गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले ३३ करोड ३७ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । 

चुक्ता पूँजी

कम्पनीकाे चुक्ता पूँजी ८८ करोड ४७ लाख रुपैयाँ रहेकाे छ ।

जगेडा काेष 

कम्पनीको जगेडा कोषमा १ अर्ब २१ करोड रूपैयाँ रहेको छ।

ईपीएस

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ ५३ पैसाबाट बढेर ६ रुपैयाँ १६ पैसा पुगेको छ । 

कम्पनीकाे प्रतिसेयर नेटवर्थ

कम्पनीकाे प्रतिसेयर नेटवर्थ २३ रुपैयाँ ६८ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको