Like us!
Follow us!
Connect us!
Watch us!

लाभाश घोषणा गर्दै सोल्टी होटेलले बोलायो नेपाल प्रज्ञा भवनमा साधारणसभा

अर्थ संसार

सोमबार, ०४ मंसिर २०८०, १० : २५ मा प्रकाशित

लाभाश घोषणा गर्दै सोल्टी होटेलले बोलायो नेपाल प्रज्ञा भवनमा साधारणसभा

सोल्टी होटेलले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।

सोल्टीका अनुसार गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले  ५ प्रतिशत बोनस सेयर र  २६.५७८९४७३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) गरि कुल ३१.५७८९४७३७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। 

कम्पनीले पुस २६ गते साधारणसभा आह्वान पनि गरेको छ । सभा बिहान १०.३० बजे स्थान नेपाल प्रज्ञा भवन प्रेक्षालय कमलादी, काठमाण्डौमा हुनेछ। 

साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस ५ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीको चुक्तापूँजी ८८ करोड ४७ लाख रुपैयाँ रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको