नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोल्टी होटलको सेयरमूल्य समायोजन भएको छ ।
सोल्टी होटलकाे ५ प्रतिशत बाेनसपछि नेप्सेले प्रतिकित्ता २ सय १५ रूपैयाँ २४ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेको छ । नेप्सेले अन्तिम कारोबार मूल्य २ सय २६ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
कम्पनीकाे ४८औँ वार्षिक साधारण सभा पाैष २८ गते, बिहीबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सोल्टी होटलकाे ५ प्रतिशत बाेनसपछि नेप्सेले प्रतिकित्ता २ सय १५ रूपैयाँ २४ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेको छ । नेप्सेले अन्तिम कारोबार मूल्य २ सय २६ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि समेत गरी २१.३१ प्रतिशत नगदसहित २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस