Like us!
Follow us!
Connect us!
Watch us!

सोल्टी होटलको नाफामा ४१२ प्रतिशतको उछाल, ७८ प्रतिशतले बढ्यो रिजर्भको आकार

अर्थ संसार

शुक्रबार, २७ माघ २०७९, ०६ : ४९ मा प्रकाशित

सोल्टी होटलको नाफामा ४१२ प्रतिशतको उछाल, ७८ प्रतिशतले बढ्यो रिजर्भको आकार

सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रोे त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफामा व्यापक सुधार देखिएको छ । 

पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनी २५ करोड १४ लाख ३८ हजार रुपैयाँ कमाएको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ४१२.७८ प्रतिशतले बढि हो गत आर्थिक वर्षको यसै अवधिको कम्पनीले ४ करोड ९० लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

यसैगरी, समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीले चुक्ता पूँजी ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ रहेको छ भने कम्पनीको रिजर्भको आकार पनि ७८.२० प्रतिशतले बढेर १ अर्ब १३ करोड ८१ लाख रुपैयाँ पुगेको छ । 

त्यस्तै, कम्पनीको खुद मुनाफामा बृद्धि आएसंगै प्रतिशेयर आम्दानी पनि सुधार देखिएको छ । गत बर्ष ५८ पैसा मात्र रहेको कम्पनीको प्रतिसेयर आम्दानी यो अवधिमा बढेर २.९८ रुपैयाँ हुन पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २३ रुपैयाँ ५१ पैसा रहेको छ । 

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

63e5983cc386c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको