Like us!
Follow us!
Connect us!
Watch us!

‘जागिरबाट ६० बर्षमा पनि कमाउन नसक्ने पैसा मलाई पूँजी बजारले ३-४ बर्षमै दिएको छ’

लगानीकर्ताको आवाज

सोमबार, ०६ भदौ २०७९, १२ : ५९ मा प्रकाशित

यूवा लगानीकर्ता एंब स्वतन्त्र पूँजी बजार सुधार संघका उपाध्यक्ष आदित्य सिवाकोटीले जागिरबाट ६० बर्षमा पनि कमाउन नसक्ने पैसा आफुँले पूँजी बजारबाट ३-४ बर्षमै कमाएको बताएका छन् । अर्थसंसारको कार्यक्रम लगानीकर्ताको आवाजसंगको कुराकानीमा उनले यस्तो बताएका हुन् । 

‘मैले जागिर खाएर ६० बर्षसम्म पनि कमाउन नसक्ने पैसा यहिँ पूँजीबजारबाट ३-४ बर्षमै कमाएको छु, सेयर बजार जोखिमका साथ साथै प्रचुर संभावना भएको क्षेत्र पनि हो’ उनले भने ‘जोखिम नै बिनाको लगानी त सम्भवत कहिँ पनि हुँदैन अझ हामि जस्ता थारै लगानी भएकाले त्यो लगानी कहाँ गर्ने न कुनै व्यबसाय गर्न सकिन्छ न घर जग्गा नै किन्न सकिन्छ त्यसैले सामान्य नियमित आयश्रोत भएकाहरुलाई पूँजी बजार झनै प्रभावकारी छ ।’

बजारमा लगानी गर्ने सबैले कमाउनकै लागि लगानी गरेको भन्दै उनले सबैलाई आँफुले किन्दा बजार बढोस् र बेच्दा घटोस् भन्ने लाग्ने बताए । सेयरमा लगानी गर्ने लगानीकर्ताहरुले अरुको हल्लामा भन्दा पनि आफ्नो अध्ययनका आधारमा लगानी गर्ने बानीको बिकास गर्नुपर्ने उनको सुझाव छ । 

अहिले लगानीकर्ताहरुको विभिन्न समूहले लगानीकर्ताहरुको एउटै संगठन वा महासंघ बनाउनु पर्छ भन्ने अभियान चलाइरहेको भएपनि आँफु र आफ्नो संगठन त्यसको पक्षमा नरहेको उनले बताए । ‘अहिले कतिपय साथिहरु लगानीकर्ताहरुको एउटै संगठन बनाउने भन्दै लाग्नु भएको छ केहि हदसम्म त्यो सहि पनि होला तर सबैको बिचार र सोच एउटै नहुन सक्छ बिचार नमिल्नेहरु संग बस्नु पर्छ भन्ने पनि छैन तर बजारको विकास र विस्तारका लागि हुन कार्यक्रममा हामिले विगतमा पनि वहाँहरुलाई साथ दिएकै थियो र भविश्यमा पनि लगानीकर्ताको हक हितमा कुनै कार्यक्रम गर्नु भयो भने पक्कै पनि हाम्रो साथ र समर्थन रहने छ’ उनले भने ।  

सिवाकोटीसंग गरिएको भिडियो कुराकानीः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको