Like us!
Follow us!
Connect us!
Watch us!

जर्मनीका चान्सलरलाई किन घेरे टपलेस युवतीले ?

अर्थ संसार

सोमबार, ०६ भदौ २०७९, १४ : २४ मा प्रकाशित

जर्मनीका चान्सलरलाई किन घेरे टपलेस युवतीले ?

जर्मनीका चान्सलर ओलाफ सोल्ज एउटा सार्वजनिक कार्यक्रममा ग्यास आयातमा प्रतिबन्ध लगाउन आह्वान गर्दै दुई टपलेस महिला प्रदर्शनकारीले घेरेका छन् । 

रिपोर्ट अनुसार सोज्ल वर्लिनको चान्सेलरीमा संघीय सरकारको खुला दिवस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा टपलेस युवतीले घेरेका हुन् ।

घेरा हाल्नुअघि दुबै युवतीले पूर्ण रूपमा लुगा लगाएका थिए । तर, चान्सलरले सञ्चारकर्मीलाई सम्बोधन गर्न थालेपछि दुबै युवतीले टपलेस बनेर आफ्नो शरीरमा लेखेको ‘अहिले ग्यास प्रतिबन्ध’ लगाउ लेखेको सन्देश प्रदर्शन गरेका थिए । 

स्थानीय सञ्चार माध्यमको रिपोर्टअनुसार युवतीको हर्कतपछि सुरक्षाकर्मीले तत्काल दौडिएर ती महिलालाई हटाएका थिए । सार्वजनिक कार्यक्रममा सोल्जलाई लक्षित गरेर विरोध प्रदर्शन गरिएको यो पहिलो घटना होइन् । 

गत साता पूर्वी जर्मनीस्थित सहर न्युरोपिनको भ्रमणका क्रममा सोल्जलाई प्रदर्शनकारीले खिल्ली उडाएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको