Like us!
Follow us!
Connect us!
Watch us!

काभ्रेमा बम डिस्पोज गरे पछि सवारी साधन सुचारु

अर्थ संसार

मंगलबार, ०७ भदौ २०७९, १० : १० मा प्रकाशित

काभ्रेमा बम डिस्पोज गरे पछि सवारी साधन सुचारु

बिपी राजमार्गमा फेला परेको बम नेपाली सेनाले डिस्पोज गरे पछि सवारी साधान सुचारु भएका छन ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक ढुण्डीराज न्यौपानेका अनुसार धुलिखेल नगरपालिका– ९ स्थित बिपी राजमार्गमा राखिएको बम नेपाली सेनाको कालीजंग गण धुलिखेलवाट खटिएको धुलिखेलले डिस्पोज गरे पछि सवारी साधान सुचारु भएको हो ।

खतरा लेखिएको प्रेसरकुकर बम राजमार्गमा देखे पछि स्थानियवासीले प्रहरीलाई खबर गरेका थिए । सो खबर पाए लगत्तै नेपाल प्रहरी र नेपाली सेनाको कालीजंग गण धुलिखेलवाट खटिएको बम डिस्पोजल टोलीले झन्डै दुई घन्टा लगाएर उक्त बम डिस्पोज गरेको थियो ।

बम राख्नेको खोजी भईरहेको काभ्रे प्रहरीले जनाएको छ । 

सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहित ४ साना पार्टीले आज देशव्यापी बन्दको घोषणा गरेको छ।

काभ्रे प्रहरीले बन्दकर्ताले आजको बन्द सफल बनाउन सो बम राखेको आशंकासहित अनुसन्धान अघि बढाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको