Like us!
Follow us!
Connect us!
Watch us!

खराब कर्जा बढ्दा मिर्मिरे लघुवित्तको नाफा ५८ प्रतिशतले घट्यो, ईपीएस कति ?

अर्थ संसार

आइतबार, २२ माघ २०७९, ०७ : २९ मा प्रकाशित

खराब कर्जा बढ्दा मिर्मिरे लघुवित्तको नाफा ५८ प्रतिशतले घट्यो, ईपीएस कति ?

मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको मुनाफामा गिरावट आएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ५ करोड ६८ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५८.८२ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले १३ करोड ८१ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ५८.८२ प्रतिशतले घटेर ८ करोड १२ लाख ६० हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १९ करोड ७३ लाख ४६ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि २२.७४ प्रतिशतले घटेर २४ करोड ७ लाख ७२ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ६५ करोड ३३ लाख रुपैयाँ र जगेडा कोषमा ३२ करोड ४२ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) १७ रुपैयाँ ४१ पैसा पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ५७ पैसा रहेको छ त्यसैगरी संस्थाको खराब कर्जा १.५५ प्रतितशबाट बढेर ३.८४ प्रतिशत पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको