Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो त्रैमासमा मिर्मिरे लघुवित्तको नाफा घट्दा प्रति सेयर आम्दानीमा असर, अन्य सूचक कस्तो ?

अर्थ संसार

बुधबार, ०३ माघ २०८०, ०८ : ५४ मा प्रकाशित

दोस्रो त्रैमासमा मिर्मिरे लघुवित्तको नाफा घट्दा प्रति सेयर आम्दानीमा असर, अन्य सूचक कस्तो ?

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गर्ने पहिलो कम्पनी भएको छ। 

खुद नाफा 
लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्म ३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यहि अवधि सम्म लघवित्तले लघुवित्तले ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन  ४१ दशमलव ४८ प्रतिशतले कम हो। 

खुद ब्याज आम्दानी
लघुवित्तको यस अवधिमा खुद ब्याज आम्दानी  घटेको छ।  लघुवित्तले यस अवधि सम्म १७ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २४ करोड ७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । अहिले २५ दशमलव ८४ प्रतिशतले घटेको हो  । 

खुद फि तथा कमिशन आम्दानी/कुल सञ्चालन मुनाफा/ सञ्चालन मुनाफा 
लघुवित्तको खुद फि तथा कमिशन आम्दानी,कुल सञ्चालन मुनाफा र सञ्चालन मुनाफा सबै घटेको छ। लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ११ दशमलव ५१ प्रतिशतले घटेको छ, कुल सञ्चालन मुनाफा २१ दशमलव ९५ प्रतिशत घटेको छ र सञ्चालन मुनाफा ४१ दशमलव ४८ प्रतिशतले घटेको छ।

वितरण योग्य मुनाफा
पुस मसान्तसम्ममा लघुवित्तको वितरण योग्य मुनाफा १ करोड ९८ लाख रुपैयाँ रहेको छ। ६

चुक्ता पूँजी
६ करोड ५७ लाख रुपैयाँ 

जगेडा कोष
जगेडा कोषमा  ४२ करोड ८८ लाख रुपैयाँ सञ्चित छ।

प्रति सेयर आम्दानी
लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५७ पैसा घटेर १० रुपैयाँ २२ पैसामा झरेको छ। 

लघुवित्तको मूल्य आम्दानी अनुपात
६१.०६ गुणा रहेको छ 

प्रति सेयर नेटवर्थ
१६४ रुपैयाँ ४१ पैसा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको