Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु क्यापिटलका हितग्राहीलाई थकाली ग्रुपमा विशेष छुट

अर्थ संसार

शुक्रबार, १० भदौ २०७९, १४ : ३३ मा प्रकाशित

प्रभु क्यापिटलका हितग्राहीलाई थकाली ग्रुपमा विशेष छुट

प्रभु क्यापिटलले चाडवाडको अवसर पारी आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । यही भदाै ८ गते, प्रभु क्यापिटल तथा T3 थकाली ग्रुपका बीचमा सम्झौता भएको छ ।

यस अफर अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले T3 थकाली ग्रुपका बाट सेवा लिँदा १२ प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राहीले CHECK OUT of BILL Payment गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ। 

सम्झाैताको मितिदेखि तीन महिनासम्म सञ्चालन हुने यो अफरको लाभ क्यापिटलको हितग्राही ग्राहकले T3 थकाली ग्रुपको एयरपोर्ट, महाराजगंज तथा टोखाका शाखाहरुबाट प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । 

नेपाली पूँजी बजारमा Video KYC मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई डिपी सेवा प्रदान गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको