Like us!
Follow us!
Connect us!
Watch us!

डेरीभेटिभ मार्केट २ : फर्वार्ड कन्ट्रयाक्ट के हाे ?

धिरज पौड्याल

आइतबार, १२ भदौ २०७९, १६ : १७ मा प्रकाशित

डेरीभेटिभ मार्केट २ : फर्वार्ड कन्ट्रयाक्ट के हाे ?

हामीले अघिल्लो लेखमा डेरीभेटिभ मार्केटको आधारभूत विषयमा चर्चा गर्यौ र कन्ट्रयाक्ट बारे एउटा उदहारण लियौं, पढ्नु भएको छैन भने यहाँ क्लिक गरेर पढ्न सक्नुहुन्छ। 

आज हामी डेरीभेटिभ मार्केटको परिकल्पनाको चर्चा गर्नेछौ। 

डेरीभेटिभ मार्केटमा प्रयोग हुने २ मुख्य टूल हो फ्युचर कन्ट्रयाक्ट र अप्सन कन्ट्रयाक्ट । फ्युचर कन्ट्रयाक्ट र अप्सन कन्ट्रयाक्टको प्रयोग सुरु हुन अगाडि यसको परिकल्पनाबारे चर्चा गर्नेछौ। जसलाई फरवार्ड कन्ट्रयाक्ट भन्ने गरीन्छ ।

फरवार्ड कन्ट्रयाक्ट २ समूहहरू बीच निश्चित मितिमा खरिद बिक्री गर्ने पारस्परिक सम्झौता हो जुन पूर्ण रूपमा इच्छाएको खण्डमा परिवर्तन गर्न सकिन्छ। फरवार्ड कन्ट्रयाक्ट तपाईंले आफ्नो सामान्य जीवनमा प्रयोग गर्दै आउनुभएको छ। यसलाई पनि हामी एक उदाहरणले प्रस्ट पर्नेछौ। 

उदाहरणको लागि तपाईले घरमा टमटर खेती गर्दै आउनुभएको छ। आज १००० बोट बिरुवाहरु रोपनुभएको थियो जुन ३ महिना पछि मंसीरमा खानको लागि तयार हुन्छ। गत सिजनमा प्रति.केजी ८० रुपैयाँमा तपाईंले टमाटर बिक्री गर्नुभएको थियो। यसपाली तपाइँसँगै अन्य धेरै कृषकले उच्च मात्रामा टमाटर खेती गरेका छन्। 

अर्को तर्फ एक सस उत्पादन कम्पनी जसले बजारमा स्थापित मूल्य प्रति बोतल १०० रुपैयाँमा बिक्री गर्दै आइरहेको छ। 

तपाईंलाई अहिले सबैले उत्पादन गरेको कारण टमाटरको मूल्य घट्ने लागिरहेको छ र मुनाफा कमाउन बाट वञ्चित बन्न सक्नुहुन्छ अर्को तर्फ उक्त उत्पादकलाई टमाटरको मुल्य बढेर केचप अर्थात् सस लाई बजारमा स्थापित मूल्यमा उपलब्ध गराउन नसक्ने चिन्तामा रहेको छ।

यस बेला तपाईं उत्पादक र कम्पनी बीच एउटा सम्झौता गर्न सक्नुहुन्छ। तपाईंलाई मूल्य घट्ने लागिरहेको छ र कम्पनीलाई मूल्य घट्ने लागिरहेको छ। तपाईं दुवै बसेर ३ महिना पछिको लागि आज सम्झौता गर्न सक्नुहुन्छ। जसलाई फरवार्ड कन्ट्रयाक्ट भन्ने टर्मले परिभाषित गर्ने गरिन्छ। 

तपाईं ८१ रुपैयाँ प्रतिकलोमा ३ महिना पछि उपलब्ध गराउने सम्झौता कम्पनी सँग गर्नुहुन्छ जसले दुवै पक्षको समस्याको समाधान हुन्छ। 

यदि ३ महिना पछि प्रती किलो मूल्य ७० रुपैयाँमा आयो भने तपाईंलाई ११ रुपैयाँको नाफा हुन्छ। तपाईंले त्यसबेला बजार मूल्यमा ७० रुपैयाँमा बिक्री भई रहेको बेला ८१ रुपैयाँमा बिक्री गर्ने अवसर पाउनुभएको छ।

यदि प्रतिकिलो मूल्य ९० रुपैयाँ भएको खण्डमा तपाईंले ८१ रुपैयाँमा नै उक्त कम्पनीलाई टमाटर उपलब्ध गराउनुपर्छ। जसका कारण तपाईंलाई ९ रुपैयाँको घाटा हुन जान्छ। 

त्यस्तै कम्पनीले ७० रुपैयाँ बजार भाउमा चलेको बेला तपाईं सँग ८१ मा खरिद गर्नुपर्ने हुन्छ जसका कारण कम्पनीले ११ रुपैयाँको घाटा व्यहोर्नुपर्ने हुन्छ। साथै यदि प्रती केजी मूल्य ९० रुपैयाँ पुगेको खण्डमा कम्पनीले ८१ रुपैयाँमा तपाईंसँग खरिद गर्ने मौका पाउँछ जसका कारण कम्पनीलाई ९ रुपैयाँको नाफा हुन्छ। 

यसरी हेर्दा डेरीभेटिभ मार्केट रिस्क लागि कम गर्ने अवधारणामा सुरु भएको हो तर पछि यसलाई वेटिङको रूपमा लगानीकर्ताले लिने गरेका छन्। 

कसरी मानियो त यसलाई डेरीभेटिभ मार्केटको आधारस्तम्भ ?

फरवार्ड कन्ट्रयाक्टमा कुनै २ पक्ष बीच सम्झौता हुने गर्दछ, यदि सम्झौता कानूनी रूपमा हुन नसकेको भएमा कुनै एक पक्षले सम्झौता भंग गर्न सक्छ यस्तो हुन नदिन बीचमा एक पक्षमा मध्यस्तकर्ताको रूपमा सहभागी हुन्छ। जसलाई सेयरबजारको भाषामा स्टक एक्सचेन्ज भन्ने गरिन्छ जसले सम्झौता पालनाको सुनिश्चितताको प्रतिबद्धता व्यक्त गर्दछ।

 जसलाई फ्युचर कन्ट्रयाक्ट र अप्सन कन्ट्रयाक्ट भन्ने गरिन्छ। फ्युचर कन्ट्रयाक्ट र अप्सन कन्ट्रयाक्ट लाई आगामी श्रृङ्खलामा समेट्ने छौ।

“ विश्वभर लगानीकर्ताहरु डेरीभेटिभ मार्केटलाई बुझ्न नसकिने मार्केट रूपमा परिभाषित गर्दै आएका छन्, नेपालमा लागु भने भइसकेको छैन नेपालमा सञ्चालनको क्रममा रहेको छ। लगानीकर्तालाई यसबारे जानकारी गराउन यो श्रृङ्खला सुरु गरेका हौं। यसमा डेरीभेटिभ मार्केट बारे विस्तृतमा चर्चा गर्नेछौँ। "

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको