Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : विराटनगरद्वारा कर्णाली पराजित, बासिरको अर्धशतक

अर्थ संसार

शुक्रबार, १२ मंसिर २०८२, १९ : ३५ मा प्रकाशित

एनपिएल क्रिकेट : विराटनगरद्वारा कर्णाली पराजित, बासिरको अर्धशतक

नेपाल प्रिमियर लिग (एनपिएल) को आजको दोस्रो खेलमा विराटनगर किङ्स विजयी भएको छ । विारटनगरले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको हो । 

कर्णाली दिएको १६१ रनको लक्ष्य विराटनगरले एक बल बाँकी छँदा ७ विकेट गुमाएर पुरा गरेको हो । विराटनगरका लागि बासिर अहमदले अविजित ६२ रनको योगदान दिए । नारायण जोशीले २५ रन बनाए भने साहील पटेलले १९ रनको योगदान दिए । कर्णालीका लागि सोमपाल कामी र गुल्सन झाले समान २ विकेट लिए । पवन सराफ, नन्दन यादब र विलियम बोसिस्टोले एक एक विकेट लिए । 

यस अघि पहिले ब्याटिङ गरेको कर्णालीले ३ विकेट गुमाएर १६० रन बनाएको थियो । कर्णालीका लागि प्रियांक पञ्चालले सर्वाधिक ६३ रनको योगदान दिए । त्यस्तै  विलियम वसिस्टोले ४८ रनको रन बनाए । नजिबुल्लाह जड्रान १२ रनमा अविजित रहे । विराटनगरका लागि मर्चेन्ट र सन्दीपले एक–एक विकेट लिएका थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको