दुई कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपीओ जारी गर्न अनुमति माग्दै आवेदन दिएका छन् । आवेदन दिनेमा एनसी एग्रो टेक इन्डस्ट्रिज् र इलेक्ट्रो पावर कम्पनी लिमिटेड रहेको छन् ।
एनसी एग्रो टेकले १०० रुपैयाँ अंकित दरमा १८ लाख ७५ हजार कित्ता सेयर जारी गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । त्यस्तै, इलेक्ट्रो पावरले पनि १०० रुपैयाँ अंकित दरमा ८१ लाख २५ हजार कित्ता सेयर जारी गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइएमबि एस क्यापिटलले गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस