Like us!
Follow us!
Connect us!
Watch us!

डेरीभेटिभ मार्केट के हाे ? यसको अवधारणा कसरी आयो ?

धिरज पौड्याल

शुक्रबार, १० भदौ २०७९, १५ : ४४ मा प्रकाशित

डेरीभेटिभ मार्केट के हाे ? यसको अवधारणा कसरी आयो ?

पछिल्लो समय नेपालमा डेरीभेटीभ मार्केटको चर्चा चुलिएको छ । धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष चुनिएसँगै उनका प्रायः अभिव्यक्तिमा नेपालमा डेरीभेटीभ मार्केट भित्र्याउने बताउँदै आएका छन् । यस लेखमा हामी डेरीभेटीभ मार्केट सम्बन्धी आधारभूत विषयहरूमा चर्चा गर्नेछौँ । 

डेरीभेटीभ वित्तीय इन्ष्ट्रुमेन्ट हो, जो आफ्नो वित्तीय भ्यालुको ( मूल्य) लागि अन्य धितोपत्रमा निर्भर रहन्छ जसलाई अण्डरलाइँन एसेट भनिन्छ । अण्डरलाइँन एसेट सेयर, बोण्ड, मुद्रा, मार्केट इन्डेक्स, कमोडीटी हुन् जसको आधारमा डेरीभेटीभ मार्केटमा कारोबार हुन्छ। अण्डरलाइँन एसेटको मूल्य वस्तुको डिमान्ड र सप्लाईको आधारमा तह हुन्छ। 

विश्वमा सबै भन्दा बढी कारोबार डेरीभेटीभमा हुने गर्छन् र विश्वमा उत्कृष्ट लगानीकर्ताहरु डेरीभेटीभमा लगानी गर्ने रुचाउँछन्। 

लगानी गर्ने लगानीकर्ताको लागि बजार २ प्रकारको हुन्छ : 

१ : सेयर बजार जुन पूर्ण रूपमा क्यासको आधारमा कारोबार हुन्छ। हामी जति रुपैयाँको सेयर चाहन्छौ त्यही रुपैयाँको सेयर प्राप्त गर्छौ। 

२: डेरीभेटीभ मार्केट जुन फ्युचर र अप्सनको रूपमा कारोबार हुने गर्दछ र क्यास बजार भन्दा फरक हुन्छ यसमा मूल्य अन्य धेरै विषयमा निर्भर रहन्छ। 

डेरीभेटीभ मार्केटलाई बुझ्न एउटा उदाहरण लिगौ, 

नेपालमा सबै कुराहरू रेकमेण्डेसन मा चल्ने गर्दछ यही प्रसंगलाई डेरीभेटीभ बुझ्न प्रयोग गरौं। 

“ दशरथ रंगशालामा नेपाल र भारत बीच साफ कपको प्रतियोगिताको फाइनल म्याच भदौ २० गते हुँदैछ। खेल हेर्नको लागि टिकट लिनुपर्ने हुन्छ। तपाईं उक्त खेलको टिकट लिनलाई रंगशाला पुग्नुहुन्छ तर उक्त फाइनलको टिकट पहिला नै सकी सकेको हुन्छ। 

त्यसपछि तपाईं आफ्नो साथी जो फुटबल एशोसिएसनमा आबद्ध छ उसलाई भेट्नुहुन्छ र आफ्नो कुरा सुनाउनुहुन्छ, त्यसपछि तपाईंको साथीले खेल हेर्न मिल्ने प्रतिबद्धता व्यक्त गर्दै एउटा सिफारिस बनाएर दिन्छ र यो सिफारिस देखाएपछि १००० रुपैयाँमा टिकट मिल्छ ।

तपाईं तपाईंको साथीसँग बाट उक्त सिफारिस लिनुहुन्छ र फाइनलको प्रतीक्षा गर्नुहुन्छ, खेलको फाइनलको मिति नजिकिँदै जाँदा टिकटको मूल्य बढ्दै जान्छ, १५ गते सम्म आइपुग्दा टिकट २००० रुपैयाँ पुग्छ।

तपाईंलाई उक्त सिफारिसको आधारमा १००० रुपैयाँ फाइदा भइसकेको हुन्छ र फाइनलको दिन टिकटको मुक्त ३००० रुपैयाँ पुगेको हुन्छ, तर तपाईंले ३००० पर्ने टिकट १००० रुपैयाँमा प्राप्त गर्दै हुनुुन्छ। तपाईंलाई २००० रुपैयाँको फाइदा भएको छ। उक्त सिफारिस २००० रुपैयाँ वर्थको रहेको छ। 

अब तपाईं उक्त सिफारिस लिएर खेल हेर्न जन तयार हुनुभएको थियो तर विशेष परिस्थितिका कारण तपाईं उक्त खेलमा उपस्थित हुने मौका गुम्छ। तपाईंलाई उक्त सिफारिस बाट प्राप्त हुने २००० रुपैयाँको फाइदा अब खेल सकिएपछि लिन सक्नुहुन्न र केही घण्टा अगाडि २००० वर्थ रहेको सिफारिसको मूल्य अब ० हुन्छ। ”

उक्त एशोसिएसनका व्यक्तिले तपाईंलाई दिएको सिफारिस एउटा सम्झौता पत्र हो जस्को भ्यालु टिकटको मूल्यमा आधारित रहन्छ। यदि टिकटको मुक्त ५००० पुगेको भए उक्त पात्रको मूल्य ४००० हुने थियो र यदि टिकटको मूल्य २००० भएको भए उक्त पात्रको भ्यालु १००० रहन्थ्यो। 

- सुरुवातमा परिभाषा दिएजस्तै यस उदहारणको सिफारिस एउटा सम्झौता हो र उक्त सम्झौता परको भ्यालु अण्डरलाइँग एसेट अर्थात् टिकटको मूल्यको आधारमा तय हुन्छ। 

उक्त सम्झौता पत्र डेरीभेटिभ हो र टिकट अण्डरलाइन एसेट हो। खेल सकिए पछि उक्त टिकटको कुनै पनि मूल्य हुँदैन त्यसैले अब त्यो सिफारिस पत्रको कुनै भ्यालु रहँदैन। 

डेरीभेटिभ मार्केट दिएको उदाहरणमा जस्तै काम गर्दछ ।

तपाईँहरु प्रायःले कमोडिटी मार्केट बारेमा सुन्नुभएकै होला, कमोडिटी मार्केट पूर्ण रूपमा डेरीभेटिभ मार्केट हैन, यो डेरीभेटिभ मार्केट अंश हो। 

डेरीभेटिभका २ मुख्य कन्ट्रयाक्ट ( सम्झौता ) हुन् :

- फ्युचर कन्ट्रयाक्ट

- अप्सन कन्ट्रयाक्ट 

फ्युचर र अप्सनको अवधारणा भन्दा पहिला फरवार्ड कन्ट्रयाक्टको अवधारणा आएको थियो। 

यस श्रृङ्खलाको अबको क्रममा डेरीभेटिभ मार्केटका इन्स्ट्रुमेन्ट:

- फरवार्ड कन्ट्रयाक्ट

- फ्युचर कन्ट्रयाक्ट  र अप्सन कन्ट्रयाक्ट 

- कार्य प्रक्रिया 

- सञ्चालन प्रक्रिया 

- लगानीकर्ताले कसरी फाइदा उठाउँछन्

- रिस्क कसरी कम गर्छन्

 - उदाहरण र प्रयोग बारे विस्तृतमा चर्चा गर्नेछौँ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको