Like us!
Follow us!
Connect us!
Watch us!

काठमांडौका यी स्थानमा माछा मासु तथा मदिरा बेच्न प्रतिबन्ध

अर्थ संसार

सोमबार, १३ भदौ २०७९, ०६ : ५३ मा प्रकाशित

काठमांडौका यी स्थानमा माछा मासु तथा मदिरा बेच्न प्रतिबन्ध

जिल्ला प्रशासन कार्यलय काठमांडौले आज एक सूचना प्रकाशन गर्दे काठमांडौका केहि स्थानमा माछा मासु, मदिरा तथा कुनै पनि नसालु पदार्थ बिक्रि वितरणमा प्रतिबन्ध लगाएको छ । भदौ  १४ गते पर्ने हरितालिका तिजलाई लक्षित गरेर प्रशासनले आज भदौ १३ गतेदेखि नै पशुपतिनाथको चार किल्लामा पर्ने स्थानहरुमा प्रतिबन्ध लगाएको हो । 

पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सास्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले देहायको चार किल्लाभित्र कसैले पनि मास, मदिरा तथा नसालु पदार्थहरु उत्पादन, बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्न समेत नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ (क) र (ख) अनुसार अगामी भाद्र १३ गते देखिनै लागु हुने गरी पूर्ण रुपमा रोक लगाइएको छ । कोही कसैले यो सूचनाको बर्खिलाप कुनै काम गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कडा कानूनी कारवाही गरिने सूचनामा उल्लेख छ । 

पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सीमानादेखि पश्चिम, उत्तरमा गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बाग्मतीदेखि दक्षिणसम्मको क्षेत्रमा प्रतिबन्ध लगाइएको हो ।

प्रकाशनले निष्काशन गरेको सूचनाः
 

630c11d28d086.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको