Like us!
Follow us!
Connect us!
Watch us!

कर्णालीका सवै माओवादी सांसद मन्त्री, आज दुई मन्त्रीको सपथ !

अर्थ संसार

सोमबार, १३ भदौ २०७९, ०७ : २४ मा प्रकाशित

कर्णालीका सवै माओवादी सांसद मन्त्री, आज दुई मन्त्रीको सपथ !

कर्णाली प्रदेशवाट प्रतिनित्वि गर्ने नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले आज सपथ लिदैछन ।

रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको सपथ लिने भएका हुन । सो सपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री भएका छन् ।

माओवादीले सवै सांसदलाई भागवन्डा दिन आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई राजिनामा दिन लगाएको थियो । सो निर्देशनसँगै मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष दुई मन्त्रीले आइतवार राजीनामा दिएका थिए । रिक्त दुई पदमा दुई सांसदले मन्त्रीको सपथ लिने बुझिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको