Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसि एशिया डेप्ट फन्डको सेयरमा १० करोड लगानी हुँदा ऋणपत्रमा २९ करोड

अर्थ संसार

मंगलबार, १४ भदौ २०७९, ०७ : ३४ मा प्रकाशित

एनआईसि एशिया डेप्ट फन्डको सेयरमा १० करोड लगानी हुँदा ऋणपत्रमा २९ करोड

एनआईसि एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसि एशिया डेप्ट फन्डले २०७९ साल साउन मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।

साउन मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १० रुपैयाँ ७८ पैसामा पुगेको छ । उक्त मूल्य असार मसान्तको तुलनामा ६ पैसाले बढेको हो । असार मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ७२ पैसा रहेको थियो ।

त्यसैगरी, साउन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी १० करोड ७ लाख ७ हजार रूपैयाँमा सिमित भएको छ । उक्त लगानी असार मसान्तको तुलनामा घटेको हो । असार मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १० करोड १८ लाख ३ हजार रूपैयाँ लगानी गरेको थियो ।

यो अवधिमा फण्डले ऋणपत्रको लगानी भने बढाएको छ । असार मसान्तसम्ममा ऋणपत्रमा २६ करोड ७१ लाख ३४ हजार रुपैयाँ लगानी गरेको फण्डले साउन समान्त सम्म आईपुग्दा २९ करोड २० लाख ६५ हजार रुपैयाँ पुर्याएको छ । 

फण्डले सार्वजनिक गरेको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारको छः

630d6d04477a6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको