गरिमा विकास बैंकका संस्थापक सेयरधनी तथा शुबेच्छुकहरुको अगुवाईमा लघुबीमा कम्पनी स्थापना हुने भएको छ । गरिमा माईक्रो लाईफ र गरिमा माईक्रो जनरल इन्स्योरेन्स कम्पनी स्थापना गर्ने प्रक्रियामा सहभागि भई संस्थापक सेयरधनीका रुपमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुलाई कागजात पेश गर्न कम्पनी संस्थापना तयारी समितीले आग्रह समेत गरेको छ ।
आज एक सूचना जारी गर्दै गरिमा माइक्रोइन्स्योरेन्स संस्थापना तयारी समितीले नेपालको बीमा नियमनकारी निकाय, बीमा समितिद्धारा भदौ १० गते ‘लघुबीमा कम्पनी स्थापना गर्ने सम्बन्धि आव्हानको सूचना प्रकाशन गरेकोले गरिमा विकास बैंकका संस्थापक शेयरधनी तथा शुभेच्छुकहरुको पहल एबं अगुवाइमा गरिमा माइक्रो लाइफ तथा गरिमा माइक्रो जनरल इन्स्योरेन्स कम्पनीहरु संस्थापना प्रक्रियामा इच्छुक भई नाम दर्ता गराउनु भएका सम्भाव्य संस्थापकहरुलाई उक्त आव्हानको सूचनामा उल्लेख भएका तपशिल बमोजिमका कागजातहरु सहित तोकिएको मध्ये आफुलाई पायक पर्ने स्थानमा स्वयं उपस्थित भई कागजात पेश र अद्यावधिक गर्न अनुरोध गरेको छ ।
कम्पनीले प्रकाशन गरेको सूचनाः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस