Like us!
Follow us!
Connect us!
Watch us!

राताम्य तीजमा सेयर बजार हरियो, अन्तिम समयमा एनटिसीले उचाल्यो नेप्से परिसूचक !

अर्थ संसार

मंगलबार, १४ भदौ २०७९, १५ : ११ मा प्रकाशित

राताम्य तीजमा सेयर बजार हरियो, अन्तिम समयमा एनटिसीले उचाल्यो नेप्से परिसूचक !

आज (मंगलबार) हरितालिका तिजका दिन सेयर बजारमा सामान्य बृद्धि देखिएको छ । हरितालिका तिजका दिन नेपालका सडक देखि मन्दिरसम्म राताम्य हुँदा नेप्से भने हरियो भएर बन्द भएको छ । कारोबारको प्रारम्भमा केहि सकारात्मक देखिएको नेप्से अन्तिम सम्ममा सामान्य अंकले बढेर बन्द भएको हो । आज अधिकांश लगानीकर्ताहरु तिजमा व्यबस्त हुँदा कारोबार रकममा समेत गिरावट आएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक २.१९ अंकले बढेर १९९५.२१ विन्दुमा पुगेको छ । नेप्से ०.११ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.४७ अंकले बढेर ३८८.९३ विन्दुमा पुगेको छ ।

कूल २२६ वटा कम्पनीको २९ लाख १४ हजार ५ सय ५ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ७ वटा उपसमूहको सेयर बढेको छ भने ६ उपसमूहको घटेको छ । 

मंगलबार नेपाल टेलिकम कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९ करोड ५७ लाख ७२ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । 

त्यस्तै आज अप्पर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयरमूल्य ८.४५ प्रतिशतले बढेर ३ सय ८५ रूपैयाँ पुगेको छ । 

यस दिन विन नेपाल लघुवित्त लिमिटेडको सेयरमूल्य सबैभन्दा बढिले घटेको छ । कम्पनीको सेयरमूल्य ४.७७ प्रतिशतले घटेर ९ सय ९९ रूपैयाँमा झरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको